खासमा कोरोना ‘ट्रम्प भाइरस’ हो : न्यान्सी पेलोसी

अस्मिता बेल्बासे

एजेन्सी, ७ साउन : अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) की प्रवक्ता तथा वरिष्ठ डेमोक्रेट नेत्री न्यान्सी पलोसीले को’रोनाभा’इरसलाई ‘ट्रम्प भा’इरस’ बताएकी छिन् ।

उनले यो कुरा महामारी सं’कटलाई राम्रो तरिकाले सम्हाल्न नसकेका कारण राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै भनेकी हुन् । ट्रम्पले मास्क लगाउन अपिल गर्दै ‘अवस्था सुधार हुनुअघि अझ खस्किने सक्ने’ बताएपछि न्यान्सी पेलोसीको यस्तो बयान आएको हो ।

पेलोसीले सीएनएनसँगको कुराकानीमा भनिन्, ‘राष्ट्रपतिको आजको बयान सुन्दा लाग्छ, उनले आफ्नो गल्ती स्कीकार गरेका छन् । मास्क लगाएर वा मास्क लगाउन अपिल गरेर उनले यो बिमारी कुनै अ’फवाह नभएको स्वीकार गरेका छन् । यससम्बन्धमा कुनै कदम नउठाउँदा महामारीको अवस्था सुधार हुनुअघि अझ् खराब भएको हो ।’

उनले भनिन् ,’खासमा यो ट्रम्प भा’इरस हो ।’ न्यान्सी पलोसीको यो बयान ट्रम्पको त्यो बयान पछि सार्वजनिक भएको हो, जसमा उनले मानिसहरुलाई फेस मास्क लगाउन अपिल गरेका थिए र स्थिती थप वि’ध्वंशकारी हुनसक्ने चेतावनी दिएका थिए ।

हालसम्म विश्वभर एक करोड ५१ लाख ११ हजारभन्दा धेरैमा कोरोना भा’इरसको सं’क्रमण पुष्टि हुँदा अमेरिकामा मात्रै ४० लाख २८ हजारभन्दा धेरैमा सं’क्रमण भएको छ । विश्वभर ६ लाख १९ हजारभन्दा धेरैको मृ’त्यु हुँदा अमेरिकामा मात्रै एक लाख ४४ हजार नौ सयभन्दा धेरैको मृ’त्यु भएको छ ।

प्रतिक्रिया