युवतीसँग होटलमा बस्दै आएका एक व्यक्ति पक्राउ

admin

काठमाडौं, ७ साउन : पैसा तिर्न नपरोस् भन्ने उद्देश्यले आफू अ’पहरणमा परेको नाटक गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको महानगरीय अ’पराध महाशाखाका अनुसार गत असार २४ गते काठमाडौं महानगरपालिका-४, चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी बे’पत्ता भएका थिए ।

बिहान ६ बजे घरबाट निस्किएका उनी सम्पर्कविहीन भएर अ’पहरणमा परेको नाटक गरेको प्रहरीको भनाइ छ । महाशाखामा भने उनी अ’पहरणमा परेको भनेर यही साउन २ गते जानकारी गराइएको थियो ।

अ’पहरणमा परेको सूचनापछि खोजी गर्दा उनी काठमाडौंको नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीका साथ बसेको अवस्थामा फेला पारिएको महाशाखाले जनाएको छ ।

जग्गा व्यवसाय गर्छु भनेर कयौंसँग उनले करोडौँ रुपैया लिएको र पैसा तिर्नु नपरोस् भनेर आफू अ’पहरणमा परेको नाटक गरेको प्रारम्भिक बयान रेग्मीले दिएको प्रहरीको भनाइ छ ।

अ’पहरणमा नपरीकनै प्रहरीलाई झुटो सूचनामार्फत हैरानी दिइ राज्यका स्रोत-साधनको दू’रुपयोग गराएकाले आवश्यक का’रवाहीका लागि उनलाई सम्बन्धित कार्यालयमा पठाइएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रतिक्रिया