हरेक नेपालीको थाप्लोमा ४३ हजार ७ सय रुपैयाँ ऋण

admin

काठमाडौं : नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

नेपालको अहिलेकाे जनसङ्ख्या तीन करोड २७ हजार ६ सय ५९ जनालाई भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय १६ रुपैयाँ ऋण पर्न आउँछ ।  १३ खर्ब १२ अर्ब रुपैयाँमध्ये पाँच खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण र सात खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को जेठ महिनासम्म अर्थात् ११ महिनामा सरकारले आन्तरिकतर्फ ३३ अर्ब ८९ करोड रुपैयाँको साँवा र १९ अर्ब २४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ । बाह्यतर्फ १६ अर्ब ५२ करोड रुपैयाँ सावाँ र तीन अर्ब ५६ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

प्रतिक्रिया