बाढीले बगाउँदा दुईजनाको मृ’त्यु

admin

जनकपुरधाम, ७ साउन: सर्लाहीमा खोला र नहरमा आएको बाढीले बगाउँदा दुईजनाको मृ’त्यु भएको छ । लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका-४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

उक्त खोलामा पौडी खेल्ने क्रममा उनलाई मंगलबार बाढीले बगाएको थियो । उनको ‘शव बगेको ठाउँदेखि करिब ३ किलोमिटर दक्षिण खोलाको बगरमा बुधबार फेला परेको सर्लाहीका प्र’हरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यसैगरी रामनगर गाउँपालिका-६ मलघाटास्थित कुण्डि नहरको लच्का तर्ने क्रममा नहरमा आएको बाढीले बगाउँदा एकजना पुरुषको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय बजेन्द्र झा रहेका छन् ।

बुधबार उनलाई नहरमा आएको बाढीको वेगले बगाएको थियो । उनको श’व बगेको ठाउँदेखि करिब ५ सय मिटर दक्षिणमा फेला परेको कुँवरले बताए ।

प्रतिक्रिया