स्टिङ अ’परे’सनमा नयाँ रेकर्ड, तर घटेन भ्र’ष्टाचा’र

admin

काठमाडौं, ८ साउन : भ्र’ष्टाचा’रीलाई ठाउँका ठाउँ प’क्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अ’परे’सन प्रभावकारी देखिए पनि भ्र’ष्टाचा’र भने घटेको छैन । अख्तियारले स्टिङ अ’परे’स’नलाई सशक्त बनाएको दाबी गरे पनि भ्र’ष्टाचा’र नियन्त्रण भने निकै चुनौतीपूर्ण देखिएको छ ।

आर्थिक वर्ष २०७६-७७ मा अख्तियारले घु’स रिसवतसम्बन्धी २ सय ५ वटा मु’द्दा दायर गरेकामा ती मु’द्दामा ६ करोड ९१ लाख ४९ हजार ७० रुपैयाँ बिगो माग दाबी गरिएको छ । रं’गेहा’त प’क्रा’उ गरिएका व्यक्तिको मु’द्दामा अख्तियारले प्रायः जित्दै आएको छ । रं’गेहा’त प’क्रा’उ परेका भ्र’ष्टाचा’रीबाट बिगो असुल भएमा राज्यकोषमा एक वर्षमा झन्डै ७ करोड जम्मा हुने देखिएको छ ।

एक वर्षमै रं’गेहा’त प’क्राउ परेकाबाट ७ करोड बिगो
अख्तियारले आर्थिक वर्ष २०७६(७७ मा जारी गरेको विज्ञप्ति र उसले विशेष अदालतमा दायर गरेको मु’द्दाको विश्लेषण गर्दा स्टिङ अ’परे’सन प्रभावकारी भएको पाइएको हो । यद्यपि, राष्ट्रसेवक कर्मचारीमा घु’स असुल्ने प्रवृत्तिमा भने कमी आएको छैन ।

अख्तियारले स्टिङ अपरेसन बढाए पनि कर्मचारीको घु’स खाने प्रवृत्ति नरोकिँदा भ्र’ष्टाचा’र नियन्त्रण थप चुनौतीपूर्ण देखिएको हो । अहिले पनि अख्तियारको हिरासतमा रं’गे’हा’त प’क्रा’उ परेका १८ जना छन् । रं’गेहा’त प’क्रा’उ परेका व्यक्तिका कारण हि’रासत भरिएको अख्तियारले जनाएको छ ।

आयोगको हालसम्मकै इतिहासमा गत आर्थिक वर्षमा सबैभन्दा बढी ४ सय ४१ वटा मुद्दा दायर गरिएकामा घु’स रिसवतसम्बन्धी मु’द्दामा पनि अख्तियारले नयाँ रेकर्ड कायम गरेको हो ।

अख्तियारको एक वर्षको प्रगति विवरण समीक्षा गर्दा २ सय ५ वटा घु’स रिसवतका मुद्दामा १ सय ८१ वटा स्टिङ अ’प’रे’सनका छन् । बाँकी २४ वटा मात्रै अन्य प्रकृतिका मु’द्दा रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया