भारतीय तस्क’रको निसानामा सशस्त्र प्र’हरी

admin

काठमाडौं, ८ साउन : कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्क’रको समूहबाट पटक पटक आ’क्र’मणको प्रयास भएको छ ।

सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेयता खुला सीमा नाकाबाट हुँदै आएको आवतजावत तथा तस्क’री रोकिएपछि भारतीय नागरिक तथा तस्कर समूहद्वारा नेपाली पक्षमाथि विभिन्न बहानामा पटक पटक आ’क्रम’ण प्रयास गरिएको हो ।

गत आइतबार मात्रै झापाको सीमावर्ती क्षेत्र गौरीगन्जमा भारतीय तस्क’रको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्र’हरीमाथि आ’क्र’मण गरेको थियो । गौरीगन्ज गाउँपालिका–५ मा रहेको १५२ नम्बरको सीमास्तम्भ पूर्व मल्हाटोलनजिकै सिमानामा आवतजावतको विषयलाई लिएर सुरक्षाकर्मीमाथि आ’क्रमण भएपछि सशस्त्र प्रह’रीले तस्करलाई भगाउन चार राउन्ड हवाई फायर गरेको थियो ।

त्यसको अघिल्लो दिन (शनिबार) सोही स्थानमै सशस्त्र प्र’हरीमाथि आ’क्रमण प्रयास भएको थियो । सशस्त्र प्र’हरीका उपरीक्षक रेशमकुमार थक्सुका अनुसार सो क्रममा भारतीय तस्क’रको आ’क्रमणमा परी दुई जना सशस्त्र प्र’हरी जवान घा’इते भएका थिए ।

घ’टना’पछि स्थिति नियन्त्रणमा लिन शनिबारसमेत सशस्त्र प्र’हरीले चार राउन्ड ह’वाई फायर गरेको थियो । यसैगरी, झापा गाउँपालिका–४ सुकुमबासी बस्तीनजिकै रहेको सीमा क्षेत्रमा समेत २२ वैशाखमा सुरक्षाकर्मीमाथि आ’क्रमण प्रयास भएको थियो । सीमास्तम्भ १३१ नजिकबाट भारतीयहरू नेपाल प्रवेश गर्न लाग्दा सशस्त्र प्र’हरीले दुई राउन्ड ह’वाई फायर गरेर उनीहरूलाई भगाएको थियो ।

वैशाख अन्तिम सातासमेत कचनकवल गाउँपालिकामा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया