कोरोना भाइरसको कारण थप एक जनाको मृ’त्यु, मृ’तकको संख्या ४३ पुग्यो

admin

काठमाडौं, ८ साउन : पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृ’त्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ४३ पुगेको छ ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शं’कास्प’द विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृ’त्यु भयो । उनको मृ’त्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया