चितुवाको आक्रमणबाट ५ बालबालिकाको मृ’त्यु

admin

तनहुँ : जिल्लामा चितुवाको आक्रमणबाट ५ बालबालिकाकाे मृ’त्यु भएको छ । जिल्लाको ४ स्थानीय तहमा चितुवाको आ’क्रम’णबाट ५ बालबालिकाले जीवन गु’माएका हुन् ।

गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ३ , शुक्लागण्डकी नगरपालिकामा १, बन्दीपुर गाउँपालिकामा १ र आँबुखैरेनी गाउँपालिकामा १ बालबालिकाको मृ’त्यु भएको प्र’हरीले जनाएको छ । चितुवाको आ’क्रम’णबाट भानु नगरपालिकामा १ जना घा’इते भएका छन् ।

प्र’हरीका अनुसार चितुवाको आक्रमणबाट२०७६ असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ, भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोका, पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका १० वर्षीय इशक सुनारको चितुवाको आ’क्रमण मृ’त्यु भएको हो ।

मानवलाई आक्रमण गर्ने क्रम बढेपछि अवधिमा ८ चितुवा नियन्त्रणमा लिइएको प्र’हरीले जनाएको छ । चितुवा डिभिजन वन कार्यालयले सामुदायिक वनसँगको सहकार्यमा चितुवा नियन्त्रणमा लिएको हो । यसका लागि सामुदायिक वनले काठको खोर बनाएका थिए ।

काठको खोर बनाउन कार्यालयले आर्थिक सहयोग गरेको थियो । व्यास नगरपालिकामा एउटा चितुवा नियन्त्रणमा लिइ सुरक्षित रुपमा अन्यत्रै स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया