सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, ८ साउन : बिहीबार सुनको मूल्यले प्रतितोलामा पाँच सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड बनाएको छ ।

बिहीबार सुनको मूल्य अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको हो । यसैगरी तेजावी सुन तोलामा ९४ हजार ६५ रुपैंयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया