श्रीमती ह’त्या गरी जे’ल परेका पूर्वडीआईजी थुनामुक्त, प्रेमिका पुगिन् रिसिभ गर्न

admin

काठमाडौं, ८ साउन : पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जे’लमुक्त भएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कै’द सजाय भुक्तान गरेसँगै डिल्लीबजार का’रागार प्रशासनले उनलाई बिहीबार जे’लमुक्त गरेको हो ।

श्रीमती गीता ढकालको ह’त्या गरेपछि पूर्वडीआईजी कोइराला जे’ल परेका थिए । तर सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।

सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्म’कै’द अर्थात् २० वर्ष कै’द र उनको भागको सम्पत्तिमा दुई छोराबाहेक उनको हि’स्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो ।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो । सोही फैसलाको आधारमा उनी जे’लमुक्त भएका हुन् ।

रञ्जन छुटेपछि प्रेमिका तारा रेग्मी पुगिन् रिसिभ गर्न
बिहीबार जे’लमुक्त भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार का’रागार पुगेकी थिइन् ।

बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी रञ्जनलाई लिन का’रागार पुगेकी ताराले ‘रञ्जन र मेरो विवाह भइसकेको’ प्रतिक्रिया दिएकी छिन् । का’रागार बाहिर मिडियासँग कुरा गर्दै उनले भनिन्, ‘हाम्रो विवाह भैसक्यो ।’ औपचारिक विवाहको प्रसङ्गमा उनी हाँसिन् ।

यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । श्रीमती ह’त्या अभियोगमा रन्जन ०६८ माघ ८ गते पक्राउ परेका थिए । आफैंले चलाएको बा ८ च ५४०८ नम्बरको गाडीसहित उनलाई नागढुंगामा प्रहरीले ह’त्कडी लगाएको थियो ।

यस्तो थियो मुद्दा…
पूर्वडिआईजी रञ्जन कोइरालाले २०६८ को पुस २७ मा आफ्नै श्रीमति गीता ढकालको ह’त्या गरेका थिए । उनले श्रीमति ढकालको घाँटी थि’चेर आफ्नै घरमा ह’त्या गरेका थिए ।

ह’त्या गरेकै रात कोइरालाले मकवानपुरको पालुङमा पुगी गीताको श’वसमेत जलाएका थिए । ह’त्या गरि प्रमाणसमेत नष्ट गर्ने प्रयास गरेका उनलाई पुनः त्यहि ठाउँमा पुग्दा स्थानीयले पक्राउ गराएका थिए ।

कोइराला श’व जले नजलेको भनि हेर्न माघ ८ मा उक्त ठाउँमा पुगेका थिए । स्थानीयले पक्राउ गराए पनि बल र पहुँचको आधारमा छुटेका कोइरालालाई प्रहरीले पुनः २०६८ कै माघ २८ मा पक्राउ गरेको थियो ।

घटनाको प्रकृतिअनुसार प्रेमीका भनिएकी तारा रेग्मीसँग मिलेर उनले श्रीमतिको ह’त्या गरेका थिए । ह’त्यामा म’तियारको रुपमा दोषी पाईएपछि रेग्मी पनि एक वर्ष कै’द परेकी थिइन् ।

प्रतिक्रिया