नमोबुद्धमा अपाङ्गता भएका नागरिकहरुलाई सहायता सामाग्री वितरण

admin

काभ्रे : समाजमा अपाङ्ग ब्यक्तिहरुले पनि केही गर्न सकुन् भन्ने उद्धेश्यका साथ नमोबुद्व नगरपालिका मा सि.बि.आर कार्यक्रम समन्वय तथा अनुगमन समितिको आयोजनामा नगरभित्रका अपांगता भएका व्यक्तिहरूलाई अपांगता न्युनिकरणका लागि विभिन्न प्रकारका सामग्री वितरण गरिएको छ ।

सामाग्री वितरण कार्यक्रममा २० जनालाई ह्वील चियर, १३ जनालाई नर्मल स्टीक, ५ जनालाई एल्बो स्टिक, ८ जनालाई बैशाखी, ९ जनालाई सेतो छडी, ५ जनालाई कम्बट चियर, ३ जनालाई युरिन ब्याग, सिंआई.सी पाईप, जेल्ली, ग्लब्स, डाइपर, ६ जनालाई स्टेसनरी सामान र ६५ जनालाई सरसफाईको सामग्री तथा वितरण गरिएको हो ।

अपांगताहरुलाई सामग्री तथा प्राविधिक सहयोग अपांग पुनस्थार्पना समाज नेपाल अनामनगर ले गरेको बताइएको छ । उक्त कार्यक्रमको संयोजन नेपाल अपांग महिला संघ बनेपाले गरेको बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा सुनुवारले बताउनुभयो । कार्यक्रमको अध्यक्षता समितिको संयोजक एवं नगर उप प्रमुख रामदेवी तमाङको अध्यक्षता, नगर प्रमुख टी.पी शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्यममा भएको थियो ।

कार्यक्रममा अपांग महिला संघ काभ्रेका अध्यक्ष शर्मिला मान्नधर, अपांग पुनसणथार्पन समाज नेपालका राजु खत्री लगायतको उपस्थिति थियो । कार्यक्रम संचालन महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा सुनुवारले संचालन गर्नु भएको थियो ।

नगर कार्यपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा समितिका सदस्य भोलाप्रसाद चापागाईले कार्यक्रममा बोल्दै अति आवश्यक र सम्वेदनशिल क्षेत्रमा अझ पनि निरन्तर काम गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयो भने नगर प्रमुख टी.पी शर्माले नगरलाई अपांग मैत्री बनाउने कुरामा आफु लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया