यतिबेला ओलिलाई ढालियो भने नेपाल कम्युनिष्ट पार्टीलाई जनताले कुन सुचिमा राख्ने ? :रमेश प्रसाई

खगेन्द्र हमाल

विश्वमहामारिको रुपमा फैलिएको कोरोना भाईरसको कारणले पर्यटन उद्योगको धरासायी भएको छ। ब्यापार व्यवसायमा गरेको लगानी खेर गएको छ। बिदेशमा लाखौ दाजुभाइ दिदिबहिनीहरुको रोजगारी गुमेको छ। कैयौं व्यवसायीहरुको लगानी डुबेको छ। मानिसहरु भाडा तिर्न नसकेर सटर बन्द गरेर रातारात भागिरहेका छन ।

कर्म गर्नुपर्ने मजदुरहरु हात फैलाएर राहत मागिरहेका छन । मानिसहरु सबैतिरबाट फ्रस्टेट भएर पंखामा झु’न्डि’एर आ’त्मा’ह’त्या गरिरहेका छन। यस्तो विकराल अवस्थामा देशको नेतृत्व गर्नुपर्ने सत्तारूढ दलका नेताहरु कुकुर बिरालो जसरि आफ्नो स्वार्थको लागि भिडिरहेका छन। त्यो पनि तिनीहरु जो आफुलाई माक्र्स,लेलिन,र माओका शिष्यको रुपमा दावी गर्छन।

माओत्सेतुङले त चीन विश्वयुद्धमा अल्झिएको बेला आफ्ना कट्टर शत्रु च्याङ्काईसेकसंग समेत गठबन्धन गरेका थिए।विश्वयुद्धको बेला राष्ट्र बचाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीका लडाकुहरु नेस्नलिस्ट चेङ्काई सेकको सेनासंग मिलेर जापानीहरुसंग लडेका थिए भने आज विश्व नै यो अञ्जान भाईरससंगको युद्धको अवस्थामा रहेको बेला देश, राष्ट्र ,समाज, चुनाव ,भोट ,मतदान, सबैकुरा बिर्सेर केवल आफ्नो स्वार्थमा गुटबन्दी गरेर जुध्ने यिनिहरुलाई माक्र्स लेलिन र माओको सिद्धान्तका पालक भनेर कसरी पत्याउने अब?यतिबेला सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि खराब भए रे,केपि ओलिलाई तुरुन्तै फाल्नुपर्यो रे,ओलि सरकार ढाल्नुपर्यो रे,त्यसोभए ओलिलाई ढाल्ने हो भने ओलिको विकल्प को त?माधव नेपाल,झलनाथ खनाल,पुष्पकमल दाहाल प्रचण्ड,बामदेव गौतम? सबका सबलाई अहिले नै प्रधानमन्त्री बनिहाल्नु पर्ने हतारो किन?

के राष्ट्रपति कार्यलयबाट गोप्य गोप्य सूचना पत्रकारहरुले लिक गरेजस्तो यामलोकबाट माधव नेपाल,प्रचण्ड,झलनाथ खनाल,बामदेव गौतम आदि सबै नेताहरूको आयु एक दुईबर्ष मात्रै हो र? के सूचना यामलोकबाट लिक भएको हो र ? हिजो नौ नौ महिनामा सरकार ढल्यो,देशमा बिकास भएन,स्थिरता भएन अब हामी पाँच बर्षको स्थिर सरकार दिन्छौ भनेर यिनिहरुले नै जनतासंग भोट माग्दा बाचा गरेका होईनन र ?

यसरी त पुर्वेली लोकल टोन अनुसार त यिनिहरुको बाचा दालभात तरकारी जस्तो भएन र ? अहिले एकजना विद्वानले भनेको एउटा वाक्य सम्झिन्छु,नेपालका कम्युनिस्टहरु कमाउनिष्ट भए,यहाँ जनताले जनाआन्दोलन नै गरे तर नेताहरुले धनाआन्दोलन मात्रै गरे,यो यिनिहरुको चरीत्रबाट अहिले प्रमाणित भएको छ।यो कुनै केपि शर्मा ओलिको सरकार असफल भएर वा केपि शर्मा ओलिको सरकारले काम नगरेर यो रोस जागेको होइन,यो त केवल आपसको पौठाजोरी सत्ता र शक्तिको भोग मात्रै हो।

यदि होइन भने केपि ओलिको सरकारले काम नगरेको कारणले माधव नेपाल,प्रचण्ड,झलनाथ खनाल,बामदेव गौतम,लगायतका नेताहरूमा आक्रोश जागेकै हो भने पहिला बैशाखमा मेलम्ची आउँछ काठमाडौमा पानीको कमि नै हुदैन भनेर जनतालाई झुक्याउने,बैशाख पछि मङ्सिरमा,मङ्सिर पछि फेरि चैतमा सारेको सार्यै गरेर अन्तिममा CMC कम्पनी नै फरार हुँदा समेत कुनै एक्सन लिन नसक्ने खानेपानी मन्त्री बिना मगर विरुद्ध यिनिहरु किन बोलेनन?प्रधानमन्त्रीले कतिपटक काठमाडौका खाल्डाखुल्डी पुर भनेर निर्देशन दिईरहदा पनि कुनै काम नगर्ने,आफ्नो तलब भत्ता पचाएर निदाएर सुत्ने रघुविर महासेठ जस्ता मन्त्री विरुद्ध यिनिहरु किन बोलेनन?अहिले वसन्त कुमार नेवाङ आएपछि काठमाडौका सडकको कायापलट हुदैछ।

यदि यसरी नै सबै मन्त्रीहरुले काम गरिदिएको भए सायद सरकारको अवस्था यस्तो हुदैन्थ्यो होला।यति धेरै प्रश्नहरू उठ्दैन्थे होला।यो त केवल अर्काको गुटको सरकारलाई पछार्नको निम्ति एउटा गुटको सरकारलाई बदनाम गराउनका निम्ति अर्को गुटका मन्त्रीहरुले काम नगरिदिदा भद्रगोल अवस्थाको सृजना भएको होइन र?

प्रधानमन्त्रीले भने भारतले,भारतिय मिडियाहरुले यतिबेला सरकार सरकार ढल्छ भनेर टिप्पणी गरिरहेका छन,१५ दिनभित्र सरकार ढल्छ भनेर भारतिय मिडियाहरुबाट समाचार आईरहेको छ किनकी भारतिय एम्बेस्सी र भारतीय गुप्तचरसंग यहि पार्टीका केही नेताहरु मिलेका हुन सक्छन,मेरै पार्टीका केही नेताहरु पनि मिलेका हुन सक्छन भनेर प्रधानमन्त्रीले लक्ष्यार्थमा भन्नुभएको थियो।

हो म यो स्विकार्छु कि कुटनैतिक मर्यादा मिचेर त्यसरी बोल्नु हुदैनथ्यो राष्ट्रको कार्यकारी प्रमुखले कुनै छिमेकी राष्ट्रको बिषयमा त्यस्तो टिप्पणी गर्नु हुदैनथ्यो तर प्रधानमन्त्रीको त्यो कथन टिप्पणी अहिले सत्य सावित भैरहेको छैन र?त्यो अहिले जलन्त रुपमा साचो सावित भैरहेको छैन र?

सरकारले सतकर्मा गरेकै छ किनकी सरकारी तथ्यांकअनुसार ३२५ वटा पक्की पुलहरु यो साढे दुईबर्षको अवधिमा बनेका छन।एक हजार किलोमीटर भन्दा बढी सडकहरु यो ढाई बर्षिय अवधिमा पिच भएका छन।यसो भनिरहदा मैले सरकारको बचावट गरिरहेको छैन।

सरकार विभिन्न ठाउँमा जिम्मेवारी लिनबाट चुकेको पनि छ।कोरोनाको पुर्व तयारी,कोरोनाको लकडाउनपछीका हरेक समस्याहरुको व्यवस्थापन गर्न सरकार काहिँ कतै चुकेकै छ । त्यसको जिम्मेवारी नैतिक रुपमा प्रधानमन्त्रीले लिनैपर्छ।सरकारले बैंकको किस्तालाई दुई महिना पछाडि धकेलिदिन सकेन,जसको कारण कैयौ ब्यापारी व्यवसायी र सर्वसाधारणको दुरदशा भएको छ।सरकारले घरभाडा छुट गर्न घर धनिहरुलाई बाध्य गराउन सकेन जसको कारण कैयौ मानिसहरु भाडा तिर्न नसकेर आफ्नो कार्यस्थल र घर छोडेर भाग्न बाध्य भएका छन।यो सरकारको नैतिक जिम्मेवारीको प्रश्न हो।

पुर्व सन्चार मन्त्री गोकुल बास्कोटाको ७० करोड प्रकरण,यति काण्ड,ओम्नि काण्ड लगायतका सम्पुर्ण भ्रष्टाचारका आरोपहरुको नैतिक जिम्मेवारी र जवाफदेहिता सरकारले लिनैपर्छ। तर यी सबै जिम्मेवारी र जवाफदेहिताहरु लिनका लागि सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिसंग अझै साढे दुई बर्षको समय अवधि बाकी छ नि।एउटा घर बनाउदा अनाउदै कुनै सिकर्मीको गल्तीले घरको एउटा निदाल झर्यो भने त्यो सिकर्मीलाई हटाईदैन,त्यो निदाल त्यही सिकर्मीले बनाउनुपर्छ।त्यो गल्ती त्यही सिकर्मीले सच्याउनुपर्छ।

त्यसरी नै आजको सरकार चुकिरहेका जिम्मेवारीहरु,आजको सरकारले पूरा नगरेका जिम्मेवारीहरु र उठिरहेका प्रश्नहरूको समाधान यहि सरकारले गर्नुपर्छ।त्यसका लागि प्रधानमन्त्री केपि शर्मा ओलिसंग अझै साढे दुईबर्षको समय बाकी छ।यो साढे दुईबर्षको अवधि केपि शर्मा ओलिलाई कसैले दया गरेर थालिमा टक्र्याएर दिएको होइन ।

चुनावमा पाँच बर्षको स्थिर सरकारको बाचा गरेर नेकपाका सम्पुर्ण नेताहरुले जनताका अगाडि कसम खाएर केपि शर्मा ओलिलाई हिजो प्रधानमन्त्री पदमा निर्वाचित गरेको होइन?अनि जनताबाट निर्वाचितलाई आज कुन नैतिकता ले ढाल्न खोजिदैछ?कतै प्रधानमन्त्रीले भनेजस्तै भारतीय एम्बेस्सी र भारतिय गुप्तचर तन्त्रको ईसारामा त भैराखेको छैन?दोषी को को हो?कसको गोटि को हो?सबै आम नेपाली जनताले मुल्यांकन गरिरहेका छन।

एउटा कन्ट्रक्सन कम्पनीले कुनै कामको जिम्मा लिएर ठेक्का लियो र त्यसले समय अवधिभित्र यदि काम पूरा गरेन भने त्यो कम्पनीलाई कालो सुचिमा राखिन्छ।त्यसको दर्ता लाईसेन्स सम्मा खारेजसम्म हुन्छ भने पाँच बर्षसम्मका लागी स्थिर सरकार दिन्छौ भनेर जनतासंग कसम खाने नेपाल कम्युनिस्ट पार्टीले यतिबेला सम्पुर्ण नेताहरु मिलेर ओलि सरकारलाई ढालियो भने,यो सरकारलाई फालियो भने नेपाल कम्युनिस्ट पार्टीलाई नेपाली जनताले कुन सुचिमा राख्ने?आज आम नेपाली जनताको मुल प्रश्न यो रहेकोे छ।

यतिबेला प्रधानमन्त्रीले आफ्न मन्त्रीहरूलाई,आफ्न वरिपरिका सबैलाई आँखा चिम्लेर विश्वास गर्नु र कसैको कुरा नसुन्नु प्रधानमन्त्रीको पनि एउटा ठुलो कमजोरी हो।हिजो मन्त्री परिषदमा मन्त्रीहरूलाई एल्लो जोनमा,रेड जोनमा राखिन्थ्यो,काम नगर्ने मन्त्रीहरुलाई बर्खास्त गरिन्थ्यो तर आज त्यो जोन सिस्टम कहाँ गयो?कहाँ गयो त्यो अंक तालिका ?

सरकारका हरेक कदमको बचावट गर्नु प्रधानमन्त्रीको कमजोरी हो तर प्रधानमन्त्रीसंग अहिले पनि वैद्यरुपमा पाएको साढे दुईबर्षको समय अवधी बाकी छ।जुन प्रधानमन्त्री ओलिलाई नेपाली जनताले निर्वाचित गरेर दिएका हुन।त्यसकारण यतिबेला सरकार ढाल्ने खेल विदेशीको ईशारामा भैरहेको अराजनैतिक खेल अथवा सत्ता र शक्ति प्राप्त गर्ने गुटबन्दी बाहेक केही होइन।हुन त यो सबै फगत राजनीतिक नाटक मात्रै हो स्वार्थ पूरा भएपछि सबै साम्य हुनेछ।

तर यसले आम नेपाली जनतालाई दिएको मानसिक यातना, सत्यनास भैरहेको देशको अमुल्य समय,कोरोनाको कहरको समयमा सरकारले गर्नुपर्ने कामको समयको बर्बादी यी सबै कुराको जिम्मेवारी कसले लिने?तर एउटा कुरा चाहिँ हामी सम्पुर्ण नेपाली नागरिकहरुले,आफुलाई अभियान्ता भन्नेहरुले,राजनीतिक सम्बन्धि सचेत सबै राष्ट्रबादिहरुले एउटा कुरा आफ्नो मस्तिष्कमा राख्न जरुरी छ।

यदि यतिबेला निर्विकल्प रुपमा निर्वाचित भएका प्रधानमन्त्री केपि शर्मा ओलिको सरकार कोरोनाको कहरको यो समयमा ढालियो हने र प्रतिपक्ष नेपाली काङ्ग्रेसले पनि यतिबेला अवसरबादी भएर सत्ता शक्तिका लागि उन्मत्त भएर नेकपा भित्रको कुनै समर्थनमा उत्रियो भने अनि पाँच बर्ष पछि पनि हामीले फेरि चुनावमा यिनैलाई निर्वाचित गर्यौ भने हामिले यो मान्नुपर्छ कि नेपाली जनता भन्ने सम्पुर्ण प्राणी,सम्पुर्ण समाज,सम्पुर्ण नेपाली नागरिक हामी ढाटिनाकै निम्ति बनेका हौ,हामी ढाटिनाकै निम्ति मात्र योग्य छौ र हामीले कहिले पनि हामिलाई ठगियो,ढाटियो,झुक्याईयो राजनीतिकज्ञहरुले हामिमाथी बेमानी गरे भनेर आरोप लगाउने अधिकार हामिलाई हुने छैन।

प्रतिक्रिया