छोरा जन्मिएपछि ब’लात्का’री प’क्राउ

राष्ट्रिय समाचार समिति

भक्तपुर, साउन ८ : किशोरी ब’लात्का’रका फरार आरोपीलाई छोरा जन्मिएपछि प्र’हरीले प’क्राउ गरेको छ । पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर ड’र, ध’म्की दिई किशोरी ब’लात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि प’क्राउ गरेको महानगरीय प्र’हरी परिसर भक्तपुरका प्र’हरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

मध्यपुरथिमि नगरपालिका–४ मा मासु पसल सञ्चालन गर्ने भण्डारीले २०७६ जेठ २७ गते १७ वर्षीया किशोरीलाई पत्रिकाको ग्राहक बनाउने बाहनामा आफ्नै कोठामा लगेर ब’लात्का’र गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले जानकारी दिनुभयो ।

ब’लात्का’रपछि कसैलाई भने ज्या’न मा’र्ने ध’म्की दिए कै कारण ती किशोरीले आफू ब’लात्कृ’त भएको कसैलाई नभनेको तर सुत्केरी व्यथा लागेर अस्पताल पुगेपछि मात्र यसबारे सबैले थाहा पाएको प्र’हरीको भनाइ छ ।

पी’डित किशोरी एक सामाजिक संस्थाको संरक्षणमा रहेको र सोही संस्थाले गत असार १४ गते ज’बरज’स्ती करणी मुद्दामा जा’हेरी दिएपछि प्र’हरीले यही साउन ६ गते भण्डारीलाई प’क्राउ गरी ज’बरज’स्ती कर’णी मु’द्दाअन्तर्गत कार’वा’ही प्रक्रिया अगाडि बढाइएको डिएसपी गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया