अर्कै युवक मन पराएको भन्दै युवतीमाथि ए’सिड प्र’हार गर्ने २ भारतीय प’क्राउ

admin

काठमाडौं, ९ साउन : ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आ’ग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो ।

‘भैगो दाइ, म हिँडेरै जान्छु,’ युवतीले भनिन् । तर आलमले जिद्धि गरे । ‘किन हिँड्नुहुन्छ, म पुर्‍याइदिहाल्छु नि, बस्नुस न,’ आलमले यति भनेपछि युवती मोटरसाइकलको पछाडि बसिन् । केही मिनेटमै आलमले युवतीलाई बाफल चोकमा छोडिदिए ।

आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए । मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए ।

केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसिड छर्किएर भागे । ए’सिड ती युवतीको गाला र निधारमा लाग्यो । आ’गोले पो’ले जसरी पी’डा हुन थालेपछि युवती चिच्याउँदै छ’टप’टिन थालिन् ।

युवतीमाथि ए’सिड छर्किएको पत्तो पाएपछि स्थानीयले तत्कालै नजिकै रहेको मनमोहन अस्पताल पुर्‍याए । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगियो । घ’टनाबारे प्र’हरीले जानकारी पाइसकेको थियो ।

घा’इते युवतीलाई अस्पताल पुर्‍याउँदा पौने ९ बजिसकेको थियो । प्र’हरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महानगरीय प्र’हरी कार्यालयका डीआइजी विश्वराज पोखरेलले ‘आरोपितलाई जसरी पनि छिटोभन्दा छिटो प’क्राउ गर्नू’ भन्ने आदेश महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा र महानगरीय प्र’हरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीलाई दिए ।

त्यहीबीच प्र’हरीले बाफल चोकमा जडान गरिएको सीसीटीभी फुटेज निकाल्यो । अस्पतालमा उपचारका लागि लगिएकी युवतीसँग सामान्य सोधपुछमा महाशाखा र परिसरको टोली लाग्यो । यता सीसीटिभी फुटेजमा शं’कास्पद व्यक्तिको हुलिया पत्ता लाग्यो । घ’टना हुनुभन्दा केही घण्टा अघिबाट युवतीको मोबाइलमा ३७ पटक मिसकल आएको रहेछ । त्यसमध्ये आधाजसो मिसकल आलमको मोबाइलबाट गरेको पत्ता लाग्यो ।

घ’टनाका आरोपी पत्ता लगाउन प्र’हरी नजिक पुगिसक्यो । त्यहीअनुसार पी’डित युवतीसँग सोधपुछ गर्दा आलम आफ्नो दाइसमानको मान्छे भएको बताइन् । तर प्र’हरी युवतीको बयानमा मात्रै सीमित थिएन ।

घ’टनालगत्तै वरिपरिका सबै गौंडा र सडक बन्द गरेर अनुसन्धान सुरु भइसकेको र साँझ परेकाले आरोपित भाग्नसक्ने अवस्था थिएन । त्यहीबीच युुवतीको उपचार भइरहेकै बेला राति ११ बजे महाशाखा र परिसरको संयुक्त टोलीले ए’सिड प्र’हार गर्नेमध्येका एकजना भारतीय नागरिक मुन्ना महमदलाई नियन्त्रणमा लियो । उनी देब्रे हातमा ए’सिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको अवस्थामा भेटिए ।

उनलाई नियन्त्रणमा लिएलगत्तै आलमलाई पनि प्र’हरीले प’क्राउ गर्‍यो । प’क्राउपछि ए’सिड प्र’हार गर्ने महमदले ‘मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ, मलाई नै ए’सिड लाग्यो, सारै पोलेको छ’ भन्दै प्र’हरीलाई बयान दिए ।

महमद र एसिडपीडित युवतको चिनजान छैन । आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसिड हान्ने योजना बुनेको बयान दिएका छन् । ‘उनले रुपको सारै घमण्ड गरिन्, मैले मन पराउँथे तर कुनै मतलब नै गर्दिन थिइन्,’ आलमले प्रहरीसँग बयानमा भनेका छन्, ‘रुपको घमण्ड गर्न थालेपछि मलाई असह्य भएर एसिड हान्ने योजना बनाएँ ।’ तर पीडित युवतीले आलमलाई दाजुसमान मान्ने गरेकोले कुनै मायाप्रेम नभएको बताएकी छिन् ।


उनले आलमसँग त्यस्तो झैझगडा पनि कहिल्यै नभएको बताएकी छिन् । ती युवती राजधानीको एउटा तारे होटलमा अकाउन्टेन्टका रुपमा कार्यरत रहेको पनि खुलेको छ । ‘जुजुधौ दही र चिउरा लिएर कोठातर्फ जाँदै थिए, एउटा खैरो सर्ट र मुखमा मास्क लगाएको मानिस कुदेर म भएको ठाउँमा आयो, हातमा भएको बस्तु मेरो अनुहारमा फ्ँयाकेर भाग्यो,’ ती युवतीले प्रहरीलाई भनेकी छन्, ‘मेरो कसैसँग झगडा पनि परेको थिएन, तर त्यो मानिस म पसलमा जाँदा परबाट नियालिरहेको थियो ।’

एसएसपी थापाका एसिड हान्नेमाथि अनुसन्धान गरी मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त स्वयम्भूको जिम्मा लगाइएको बताए । ए’सिड प्र’हारपछि प्र’हरीले निकै दबाबमा काम गरेर नै अभियुक्तलाई कानुनी दायरामा ल्याउन सकिएको उनले बताए । ‘हामी घटनापछि निकै दबाबमा थियौं,’ थापाले भने, ‘तर परिसर र महाशाखाको संयुक्त प्रयासमा घटना घटेको ३ घण्टाभित्रै अभियुक्तलाई प’क्राउ गर्न सम्भव भयो ।’

यसअघि २०७६ भदौमा विद्यालय जाने क्रममा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि ए’सिड प्र’हार भएको थियो । त्यसअघि २०७६ जेठ २ गते राजधानीको कालोपुलमा राति ८ बजे दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि एसिड प्र’हार गरेका थिए ।

६ वर्षअघि वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि ए’सिड प्र’हार गरेका थिए । २०७१ चैतमा ए’सिड हान्ने विकलाई भारतीय प्र’हरीको सहयोगमा प’क्राउ गरी नेपाल ल्याइएको थियो ।

ए’सिड प्रहारका घ’टना अन्य जिल्लामा पनि बर्सेनि दोहोरिने गरेको छ । कतिपय घटनामा मायाप्रेम अस्वीकार गर्दा र कतिपयमा आपसी झ’गडाका कारण घ’टना य’स्ता घटना भएको देखिएका छन् । मातृका दाहालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया