बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न निर्देशन

admin

काठमाडौं, ९ साउन : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको हो ।

कोरोनाको संक्रमण बढेको भन्दै गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित संख्याका शाखा मात्रै केही समयका लागि खोल्दै आएका थिए ।

‘सिफ्ट सिस्टम’ हटाउन पनि भनिएको छ । अब नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै खोल्नुपर्नेछ ।

प्रतिक्रिया