मानवता बिरोधी निर्णय गर्ने प्रधानन्यायधीसलाई महाअभियोग लगाउन नेता रिजालद्वारा अपिल

अस्मिता बेल्बासे

काठमाडौं, ९ साउन : नेकपाका युवा नेता रामप्रसाद रिजालले सर्वोच्च अदालतका प्रधानन्यायधीस चोलेन्द्र शमशेरबाट क्षमायाचना समेत गर्न नहुने गम्भीर गल्ती भएको बताएका छन् ।

नेता रिजालले पिएनपि खबरसँग कुरा गर्दै, यत्ति ठूलो गम्भीर गल्तीको क्षमायाचना समेत गर्न नमिल्लने बताएका हुन् । नेता रिजालले श्रीमती ह’त्यामा जे’ल सजाय खेपिरहेका पूर्वडिआजी रन्जन कोइरालालाई अवधि अगाबै लगभग १६ वर्ष अघी नै उन्मुक्ति दिएर शमशेरले गम्भीर गल्ती गरेको बताए ।

उनले भने ‘सम्मानित न्यायलयको म सम्मान गर्दछु, श्रीमतीलाई बि’भत्स तरिकाले ह’त्या गरेका कोईरालालाई किन उन्मुक्ति दिएर न्यायलयप्रतिको जनविश्वासलाई डगमगायौं ? के को चलखेल ले यस्तो अलोकप्रिय निर्णय गरियो सम्माननीय प्रधानन्यायधिस ज्यू ?’ रिजालले यो फैसलाले कानुनी राज्यको खिल्ली उडाएको प्रतिक्रिया दिएका छन् ।

‘गरिमामय सर्वोच्च अदालतले अबिलम्ब आफ्नो निर्णय सच्चाएर शसस्त्रका पूर्वडिआईजी कोइरालालाई उनको बाँंकी जेल सजाए १६ बर्ष भन्दा बढ़ी छ त्यो सजाए दिलाएरै छोडो्स हैन भने यो मानवता बिरोधी निर्णय गर्ने सम्माननीय प्रधानन्यायधीस र उनको टिमलाई महाअभियोग लगाएर हटाउन म सर्वोच्च संसदलाई जोडदार माग गर्दछु, रिजालले भने ।’ 

प्रतिक्रिया