झन् महँगो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

admin

काठमाडौं, ९ साउन : शुक्रबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य शुक्रबार एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै महँगो हो । गएको बुधबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड राख्दै आएको छ । बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तोलामा १३ सय रुपैयाँ बढेको सुन बिहीबार ५ सय र शुक्रबार १३ सय रुपैयाँ नै बढेको हो । यो हप्ता मात्रै सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर शुक्रबार तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी बुधबार तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी बिहीबार तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया