नेकपा गम्भीर सङ्कटमा छ : अध्यक्ष दाहाल

admin

काठमाडौं, ९ साउन : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गरेका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा दाहालले ओलीको एकलौटीपनले नेकपामा विवाद आएको पनि बताए । पार्टीभित्रको अन्तर्विरोध बढ्दै जाँदा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको र यसले कम्युनिस्ट आन्दोलन थप धरापमा परेको दाहालको भनाइ छ ।

पार्टीको अनुमति विपरीत आफूखुसी काम गर्दा सरकार बदनाम भएको आरोप लगाउँदै दाहालले पार्टीको सक्रियताले भएका राम्रा कामको जस ओली एक्लैले लिन खोज्दा पार्टी फुटको खतरामा रहेको बताए ।

पार्टीकै निर्देशन र पहलमा नेपालको नयाँ नक्सा प्रकाशित गरे पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफैले मात्रै गरेको र अरुलाई दलाल भन्दै हिँडेको भन्दै दाहालले आपत्ति पनि जनाए ।

प्रतिक्रिया