ताप्लेजुङ, साउन ९ : नाबालिकालाई अ’पह’रण, शरीर ब’न्धक तथा ज’बरज’स्ती क’रणी गरेको अ’भियो’गमा ताप्लेजुङ प्रहरीले देवर–भाउजूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–४ का ३५ वर्षीय शंकर लुईंटेल र ३८ वर्षीया गोमा कार्की लुईटेल रहेका छन्।
परिवारको जाहेरीका आधारमा प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले बताए। जाहेरीमा २०७५ मंसिर १० गते नाबालिकालाई प्रलोभनमा पारी झापा लगेर ब’न्धक राखी क’रणी गरेको, मंसिर १३ गते काठमाडौंको गुह्येश्वरी मन्दिरमा लगी विवाह गरेको उल्लेख छ।
विवाह गरेपछि पुनः झापास्थित घरमा ल्याई २०७६ चैत्र ७ गतेसम्म शरीर ब’न्धक बनाई क’रणी गर्दै आएको र बालिका उम्किन सफल भएर फुपुको घरमा पुगेको जाहेरीमा उल्लेख भएको श्रेष्ठले बताए। सबै कसुरमा ती दुईको मिलेमतो रहेको बालिकाका परिवारको दा’बी छ।
त्यसपछि परिवारले प्र’हरीमा जाहेरी दिएका थिए। दुवै जनालाई साउन ८ गते प’क्राउ गरी जिल्ला प्र’हरी कार्यालय झापा पठाइएको छ।