काठमाडौंका ८ सहित थप १३० जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ११ साउन : आइतबार काठमाडौंका ८ जनासहित थप एक सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार थपिएकासँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८ हजार ६ सय ८३ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ७५ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ हजार एक सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अब पाँच हजार चार सय ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्, उनीहरुको देशभरका विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

त्यस्तै १७ हजार नौ सय तीन जना क्वरेण्टीनमा रहेका छन् । नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार चार सय ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया