नेप्से दाेहाेराे अङ्कले बढ्याे, झण्डै २ अर्बकाे काराेबार

admin

काठमण्डाै : धिताेपत्र बजारमा शेयर काराेबार मापक नेप्से आइतबार २२ दशमलव ४ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेप्से २२ अङ्कभन्दा धेरैले बढेर १४ सय ६५ दशमलव १० बिन्दुमा पुगेर बन्द भएको छ ।

यस्तै क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आइतबार ३ दशमलव ५९ अङ्कले बढेको छ । आइतबार दिनभर एक अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरका ४५ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३३८ दशमलव ८ अङ्क र निर्जीवन बीमा समूहको २५९ दशमलव ६४ अङ्कले बढेको छ । आइतबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको २५ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । त्यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको १९ करोड ९४ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएका छ ।

बजार सुधार भएको दिन आइतबार मिर्मिरे माइक्रो फाइनान्स विकास बैंक लिमिटेड र तारागाउँ रिजेन्सी होटल लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । बेस्ट फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ६ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया