सुनसरी, १२ साउन : सुनसरीको धरान उपमहानगरपालिका-३ मा रहेको पालिका तरकारी बजारमा आ’गलागी भएको छ । आ’गलागीबाट फलफुल र तरकारीसहित कस्मेटिक, किराना, होटलसहित ११ पसल ज’लेका छन् ।
आ’गलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कस्मेटिक पसलबाट विद्युत् स’ट भएर आ’गो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।
तरकारी बजार क्षेत्रमा पसल गर्नेहरु आइतबार बेलुका पसल बन्द गरी घर गएका थिए । बिहान लागेको आ’गो धरान उपमहानगरपालिकाको दमकल, नगर प्रहरी तथा स्थानीयबासिन्दाले निभाएका छन् । पालिका आफैँले सञ्चालन गरेको तरकारी बजारमा आ’गलागी भएको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् ।