ए’सिड पीडित कार्कीलाई भेट्न पुगेकी सांसद पाल भन्छिन्, कानुन संसोधन गरेर फाँ’सीको सजाय हुनुपर्छ (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, १२ साउन : प्रतिनिधिसभा सांसद निरुदेवी पालले ए’सिड पीडित पवित्रा कार्कीलाई भटेकी छिन् । कार्कीलाई भेट्न कीर्तिपुर पुगेकी सांसद पाल पत्रकारहरुसँग बोल्दै दोषीलाई फाँ’सीको सजाय कानुन अब संसदबाट दुई तिहाइले पास गर्नुपर्ने बताएकी छिन् ।

उनले त्यहाँ भनिन्, “प्रधानमन्त्रीको आग्रहमा म भेट्न आएकी हुँ र वहाँ को अवस्था हेरेर प्रधानमन्त्री सँग कुराकानी गर्ने छ । हाम्रो समाजमा महिला हिं’साका घटना यो पहिलो होइन यस्ता घटनाले उब्जाएको प्रश्न हामीले संसदमा मात्र होइन संसदिय समितिमा पनी राखेका छौँ । छिट्टै नयाँ कानुन को व्यवस्था हुने आशामा छौं । दोषीलाई कडा भन्दा कडा सजाय होस् भन्न एक्यबद्धता जनाउन आएको हुँ ।”

बाँकी भिडियोमा हेर्नुस् ।

प्रतिक्रिया