उपत्यकाका ६ सहित १३९ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १२ साउन : सोमबार १३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार संक्रमण पुष्टि भएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार सात सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित मध्ये ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उनले बताए । हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको गौतमले जानकारी दिए ।

यसैगरी देशका विभिन्न अस्पतालमा ४ हजार ९ सय ५० जना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ९५, प्रदेश नम्बर २ मा १ हजारल ९ सय ११, बागमती प्रदेशमा ४ सय २ र गण्डकी प्रदेशमा २ सय ४४ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ५३, कर्णाली प्रदेशमा ३ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ७ सय ४० जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा अहिले १६ हजार ३ सय ७१ जना रहेका छन् ।

जसमा प्रदेश नम्बर १ मा १ हजा ८ सय ९९, प्रदेश नम्बर २ मा २ हजार १ सय ८०, बागमती प्रदेशमा १ हजार २ सय ५ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा २ हजार ३ सय ४, कर्णाली प्रदेशमा ८ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया