ढुंगाले हानेर वृद्धाको ह’त्या, किशोर प’क्राउ

admin

गोरखा , १२ साउन : जिल्लाको शहीद लखन गाउँपालिका–३ मनकामनामा एक किशोरले ढुं’गाले हिर्काउँदा वृद्धाको मृ’त्यु भएको छ । खेतमा पानी लगाएर फर्किएकी ७२ वर्षीया कृष्णकुमारी आलेलाई गत बिहीबार सामान्य विवादमा स्थानीय एक १७ वर्षका किशोरले ढुंगाले टाउकोमा हिर्काउँदा मृ’त्यु भएको प्र’हरीले जनाएको छ । किशोरलाई आइतबार गाउँलेको सहयोगमा मनकामनाको वनौतीबाट प’क्राउ गरेको जिल्ला प्र’हरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

प;क्राउ परेका किशोरको प्र;हरीले नाम खुलाएको छैन । उनीविरुद्ध ज्यानसम्बन्धी मु;द्धामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ ।
बिहीबार खेतमा पानी लगाएर घरतर्फ फर्केकी वृद्धा विहान ११ बजेतिर नजिकैको धारामा हात खुट्टा धुन जाँदै थिइन् । किशोर पाडो चराउन त्यहीँ आएका थिए । धारा नजिकै वृद्धा लड्न पुगिन्, र किशोर बेस्सरी हाँस्न थाले । वृद्धाले ‘बुढी मान्छे लडेको बेला हाँस्ने’ भन्दै गाली गलौच गरिन् र उठेर हातखुट्टा धुन थालिन् ।

त्यही बेला भनाभन भयो र किशोरले ढुङ्गाले वृद्धाको टाउकोमा हिर्काएको एसपी गुरुङले बताए । ढुङ्गा प्र’हारबाट वृद्धा भुइँमा ढलिन् । त्यसपछि पनि किशोरले दुई पटक वृद्धाको टाउकोमा ढुङ्गा प्र’हार गरेको प्र’हरीले बताएको छ । किशोरले धारादेखि १ मिटर पर स्याउलाले शव छोपेर घरतर्फ भागेको र पछि घरबाट आँबुखैरेनी बजारतर्फ भागेको प्र’हरीले जनाएको छ ।

कोदो रोपेर फर्केकी वृद्धाकी बुहारीले धारामा रगतका केही दाग देखे पनि कुनै पशुचौपायाको होला भनेर वास्ता गरिनन् । तर साँझ पर्दासम्म सासु घरमा नआएपछि गाउँलेसमेत भएर खोजी गर्दा धारा नजिकै शव भेटियो ।

वृद्धाको परिवारले किशोरविरुद्ध ह’त्या आरोपमा किटानी जाहेरी दिएका छन् । प्र’हरीका अनुसार किशोरले पनि ह’त्या गरेको स्वीकार गरेको छ । ‘प्रारम्भिक अनुसन्धानबाट कर्तव्य गरेरै मारेको देखिन्छ’ एसपी गुरुङले भने, ‘अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया