ग्यास बुलेट दु’र्घटना,राजमार्ग अवरुद्ध

admin

काठमाडौं, साउन १२ : पूर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका २ दाउन्नेको ओरालोमा ग्यास बुलेट दु’र्घ’टना भएको छ। बुलेटबाट ग्यास लिक भएपछि पूर्वी पश्चिम राजमार्ग केही बेरका लागि अवरुद्ध गरिएको जिल्ला प्र’हरी कार्यालय नवलपरासीले जनाएको छ।

‘बुलेट दु’र्घटनापछि ग्यास लिक भएकाले सो अनुसारको हामीले सुरक्षा व्यवस्था गरिरहेका छौं,’ एसपी दिपक रेग्मीले भने, ‘सुरक्षाकै लागि पूर्वपश्चिम राजमार्ग अहिले बन्द गरेका छौँ।’

साँझ साढे ७ बजेतिर उक्त दु’र्घटना भएको हो। अन्य कुनै क्षति नभएको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया