ऐश्वर्या र उनकी छोरी आराध्या कोरोनामुक्त

admin

एजेन्सी : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चन कोरोनामुक्त भएका छन्। सोमबार अभिनेता तथा ऐश्वर्याका श्रीमान अभिषेक बच्चनले आफ्नो ट्वीटरमार्फत दुबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।

‘तपाईंहरूको लगातारको प्रार्थना र शुभेच्छाका लागि धन्यवाद। ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरू अब घरमै बस्नेछन्,’ उनले ट्वीटरमा लेखेका छन्।

तर उनी र उनका बुबा अमिताभ बच्चन भने अस्पतालको निगरानीमा रहेको उनले जानकारी दिए। कोरोना संक्रमण देखिएपछि उनीहरु करिब दुई साताअघि मुम्बईको एक अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया