जङ्गली च्याउ खाँदा एक बालकको मृ’त्यु, चार बिरामी

राष्ट्रिय समाचार समिति

डडेल्धुरा : डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृ’त्यु र चार बिरामी भएका छन् नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया