प्रहरीलाई देखेपछि १५ किलो सुनको झोला फालेर भागे तस्कर

admin

काठमाडौं, १३ साउन : राजधानीको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ ।

सो क्रममा प्रहरीले झोलामा २ थान ह’तियार समेत फेला पारेको छ । कारोबारीले फालेको झोला सर्च गर्दा १५ किलो सुन र २ थान ह’तियार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिए ।

सुन बरामदबारे मंगलबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराइने काठमाडौं परिसरले जनाएको छ । सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ ।

पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । मंगलबारको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख बराबरको रहेको छ ।

प्रतिक्रिया