बागलुङ पहिरोमा परि चार जनाको ज्यान गयो

admin

बागलुङ, १३ साउन : बागलुङको विभिन्न ठाउँमा पहिरोमा परि चार जनाको ज्यान गएको छ ।

सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका-२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको ज्यान गएको हो ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृ’तककी आमा होमकुमारी विक भने गम्भीर घाइते भएकी छिन् ।

उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै निसीखोला गाउँपालिका-१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परेर अन्दाजी पाँच वर्षीय समिर परियारको ज्यान गएको प्रनाउ रेग्मीले बताए ।

निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको श’व खोलाको छेउमा फेला परेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।

प्रतिक्रिया