काभ्रेमा झाडापखलाबाट एक किशोरीको मृ’त्यु

admin

काभ्रे, १३ साउनः समयमै उपचार हुन नसक्दा काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा आज एक किशोरीको ज्या’न गएको छ । ३ दिनदेखि झाडापखलाबाट बिरामी हुनुभएकी वडा नम्बर ६ सतभैयाका रञ्जिता थोकरको ज्या’न गएको हो ।

उद्दारका लागि हेलिकप्टर गाउँ पुग्दा नपुग्दै रञ्जिताको मृ’त्यु भएको वडाध्यक्ष मान बहादुरले जानकारी दिनुभयो । झाडापखलाबाट बिरामी हुनु भएकी १७ बर्षीय रञ्जितालाई गाउँकै स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले हेलिकप्टरको पठाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका थिए । लगत्तै प्रशासन कार्यालय गृह मन्त्रालयलाई आग्रह गरेर हेलिकप्टर गाउँ पुगेको थियो । तर हेलिकप्टरले रञ्जितालाई नलिइ फर्किएको हो ।

प्रतिक्रिया