प्रधानमन्त्रीले पार्टीको निर्णय मान्दिन भन्नु बैमानी हो : नेता रिजाल

admin

काठमाडौं, १४ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता राम प्रसाद रिजालले पूर्वसहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निशर्त छोडेर अहिलेको नेकपाको गतिरोध अन्त गर्न प्रधानमन्त्री ओलीलाई विनम्र अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको सहमति मान्दिन भन्नु पार्टी एकता हुँदा तत्कालीन एमाले र माओवादीले गरेको सहमतिको विपरीत हुने उनको तर्क छ । पार्टीलाई विभाजनबाट रोक्न सबै नेताले आ-आफ्नो ठााउबाट योगदान गर्नुपर्ने बताउँदै नेता रिजालले फुट्न र विभाजन हुनबाट जोगाउन अनुरोध गरेका छन् ।

उनले एमाले र माओवादी मिलेर देश बनाउन नेकपा बनेको र जनताले साँथ दिएको स्पष्ट पारे । नेकपालाई देशको भविष्य बनाउने जिम्मा दिएको नेपाली नागरिकमा निराशा आउन नदिन नेता रिजालले शिर्ष नेताहरुलाई अनुरोध गरे ।

उनले भने, ‘एकतर्फी ढिपि गरेर भन्दा पनि त्याग गरेर जनमतको सम्मान गर्न नेताहरु तयार हुनुपर्छ । प्रधानमन्त्री ओलीले एकता को सहमति विपरीत प्रधानमंत्री छोड्दिन भन्नु ओलीको बैमानी हो ।’

यस्तो छ एकता हुदाँको सहमती पत्र :-

प्रतिक्रिया