पहिरोमा परि २ जना बालबालिकाको ज्यान गयो,४ घा’इते

admin

काठमाण्डौ : कालिकोटको महावै गाउँपालिका ७ कोटवाडामा पहिरोमा परेर २ जना बालबालिकाको ज्या’न गएको छ । यस्तै पहिरोका कारण ४ जना सामान्य घा’इते भएका छन् ।

स्थानीय तुल महताराको घर नजिकै ६ जना बालबालिका खेलिरहेको बेला ठूलो ढुङगा सहितको पहिरो खस्दा १२ वर्षका गणेश महतारा र ८ वर्षकी भावना भण्डारीको ज्या’न गएको कालिकोटका प्र’हरी नायब उपरीक्षक स्यामबाबु ओलीयाले बताउनुभयो । उहाँका अनुसार घाइते बालबालिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया