चार महिनाको बन्दाबन्दीपछि खुले दामनका होटल

admin

दामन, १५ साउन : मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल चार महिनाको बन्दाबन्दीपछि (आज) बिहीबारदेखि खुलेका छन् ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए ।

सरकारले गत असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट मात्र सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार बिहीबारबाट दामनका होटल खुलेका हुन् ।

एशोसिएशनको गत साउन १ गतेको बैठकले साउन १५ गतेबाट एशोसिएशनमा आवद्ध होटल स्वास्थ्य सुरक्षा अपनाएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वर्षायाम भएको र अझै लामो दूरीका सवारी सञ्चालनमा नआएका कारण अपेक्षाकृत पर्यटकको संख्या कम हुने भएपनि आन्तरिक पर्यटनमा सहयोग पुर्‍याउन होटल पुनःसञ्चालनमा ल्याइएको एशोसिएशनका महासचिव उकेशचन्द्र केसीले बताए ।

प्रतिक्रिया