साम्राज्ञी भन्छिन्- ‘मलाई अहिले पनि दुव्यर्वहार भइरहेको छ तर म डराउँदिनँ’, सबै कुरा बुझेर भुवन केसीविरुद्ध के’स गर्छु

admin

काठमाडौं, १५ साउन  : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार र निर्माता भुवन केसीविरुद्ध गा’ली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाइ छ ।

भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘र’क्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए ।

यो अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए । यसबाहेक भुवन र उनका वरपरका मान्छेहरुले आफूमाथि सामूहिक हमला गरिरहेको साम्राज्ञीको भनाइ छ । ‘उहाँहरु घिनलाग्दो तरिकाले ममाथि जाइलाग्नुभयो,’ साम्राज्ञीले भनिन् ।

साउन ९ गते केसीले साम्राज्ञीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । ‘उहाँ (भुवन)ले एकदमै बच्चा तरिकाले मुद्दा हाल्नुभयो तर म त्यसरी गर्दिनँ । सबै कुरा बुझेर केस गर्छु,’ साम्राज्ञीले भनिन् ।

असार दोस्रो साता साम्राज्ञीले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दु’र्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तीन फिल्ममा दु’र्व्यवहारमा परेको उनको भनाइ थियो । कसैको नाम भने लिएकी थिइनन् तर लगत्तै भुवन केसीले फेसबुकमा ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने’ भन्दै स्ट्याटस लेखेका थिए ।

‘अहिले पनि उहाँ (भुवन)ले मान्छे लगाएर मेरो दुर्व्यवहार गरिरहनु भएको छ, चरित्रह’त्या गर्ने प्रयास गरिरहनु भएको छ,’ साम्राज्ञी भन्छिन्, ‘केटी मान्छे हो, डराउँछे, फिल्म क्षेत्र नै छोड्छे भनेर उहाँ र उहाँका मान्छेले सोच्नु भएको होला तर म डराउँदिन, पछाडि हट्दिनँ ।’

‘ड्रिम्स’को छायांकनमा पोखरामा रहँदा आफूमाथि कसैले यौन दुर्व्यवहार गर्न खोजेको घ’टनाउपर भुवन केसीले मजाक गरेको साम्राज्ञीको भनाइ छ । ‘जापानमा अवार्डमा जाँदा पनि उहाँ असहज ढंगले मेरो नजिक आउँदा मैले धकेलेको थिएँ,’ साम्राज्ञीले त्यो घ’टना सम्झँदै भनिन्, ‘उहाँलाई वा अरुलाई त्यस्तो व्यवहार मन पर्छ होला तर मलाई मन पर्दैन । त्यति नजिक आउन उहाँ मेरो को हो र ?’ सेटको नमिठो भोगाइबारे बोलेपछि आफूलाई फिल्मबाट निकाल्न र अरु फिल्ममेकरलाई भड्काउन भुवनसहित अन्य व्यक्तिहरु लागिपरेको साम्राज्ञीको आरोप छ । ‘यस्तो आ’क्रमणले फिल्ममा आउन चाहने नयाँ केटी र उनीहरुका अभिभावकहरु हतोत्साही हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले पनि म चुप बस्दिनँ । अत्ति हेप्ने काम भयो ।’

साम्राज्ञीलाई फिल्मक्षेत्र भित्रैबाट भने असाध्यै कम साथ मिलिरहेको छ । -गोकर्ण गौतम (कान्तिपुर)

प्रतिक्रिया