काठमाडौंका ४१ सहित २७४ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १५ साउन : बिहीबार काठमाडौंका ४१ सहित थप २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २/२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ ।

नेपालमा अहिले पाँच हजार दुई सय २७ जना सक्रिय संक्रमित छन् भने १३ हजार दुई सय एक जना क्वरेण्टीनमा छन् ।

प्रतिक्रिया