काठमाण्डौ छिर्ने मुख्य नाकामा पनि भेटिए सङ्क्रमित, २४ जनालाई सङ्क्रमण

admin

काठमाण्डाै : काठमाण्डौ उपत्यकामा काेरोना भाइरसको जोखिम बढेपछि सरकारले अहिले मुख्य तीन नाकामा कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिरहेको छ । मन्त्रालयले काठमाण्डौ भित्रने मुख्य तीन नाका थानकोट, फर्पिङ, साँगामा नमुना सङ्कलन गरिरहेको छ ।

यी नाकामा अहिलेसम्म तीन हजार चार सय जनाको परीक्षण भएकोमा २४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले नाकाबाट १० हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ ।

साँगाबाट दुई हजार चार सय नाै, फर्पिङबाट एक हजार दुई सय ८२ र थानकोटबाट चार हजार सात सय १० गरी आठ हजार चार सय एक जनाको नमुना सङ्कलन गरिसकेको मन्त्रालयले जनाएको छ । नाकामा पनि सङ्क्रमित भेटिएसँगै सरकारले नाका क्षेत्रमा थप कडाइ गर्ने तयारी गरेको छ ।  

प्रतिक्रिया