बालविवाह गरेकाे ६ महिनापछि प’क्राउ, बुवाआमा पनि समातिए

admin

सल्यान : बालविवाह गरेको ६ महिनापछि एक दम्पती प’क्राउ परेका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिमका उनीहरुले २०७६ साल माघ १ गते बिहे गरेका थिए।

यही साउन १२ गते माइती जाने क्रममा उनीहरुलाई प’ क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालयले जानकारी दिएको छ। १७ वर्षीय बेहुला र १९ वर्षीया बेहुली बनगाड कुपिण्डे नगरपालिकामा जाँदै गर्दा जाँचबुझका क्रममा प्र’हरीले प्र’क्राउ गरेको हो।

बेहुलाबेहुलीसहित बेहुलाका बुवा दयाराम रोका र आमा केवलीलाई पनि प’क्राउ गरिएको सल्यान प्र’हरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

प’क्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानका इलाका प्रहरी कार्यालय लुहामको हिरासतमा राखिएको छ।

प्रतिक्रिया