काठमाडौं, १६ साउन : प्र’हरीले कमलादीमा सुरक्षा जाँच गरिरहेको थियो। त्यही बेला बा.६च ५५१९ नम्बरको सेतो रङको स्कर्पियो प्र’हरीले रोक्न खोज्यो। तर गति बढाएर गाडी भाग्यो। प्र’हरीले पिछा गर्यो। त्यसको सुइँको पाएपछि कपडाको झोला फ्याँकेर गाडी भागेको प्र’हरीले जनाएको थियो।
यो घ’टना गत मंगलबारको हो। तत्काल काठमाडौं प्र’हरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलन गरी १५ किलो सुनसहित ह’ति’यार फे’ला पारेको जानकारी दिए। उनले थप अनुसन्धान भइरहेको बताए। तर, प्र’हरीले सुन भनेको धातु पछि जाँच गराउँदा साढे १४ किलो चाँदी पुष्टि भयो। आधा किलो मात्र सुन भएको प्र’हरीले बतायो ।
प्र’हरीको कडा सुरक्षा भएको ठाउँबाटै गाडी कसरी उम्कियो ? यसमा गम्भीर प्रश्न उब्जिएको छ। प्र’हरीकै मिलेमतो भएको हुन सक्ने आशं’का गरिएको छ। उक्त घ’टनाको छानबिन गर्न महानगरीय अ’परा’ध महाशाखा प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो।
तर, काठमाडौं प्र’हरी प्रमुख ज्ञवाली र अपराध माहाशाखा प्र’हरी प्रमुख थापाबीच समन्वय अभावका कारण दोस्रो दिनमै समिति संयोजक फेरिए। महानगरीय प्र’हरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुनीलकुमार यादवलाई संयोजक बनाइयो ।
लु’टपा’टको १० लाख नगदसहित न्युरोडबाट घुमुवा प्र’हरीसहितलाई प’क्राउ गरेको घ’टनाको जस कसले लिने भनेर ज्ञवाली र थापाबीच हानथाप रहेछ। त्यही विषयमा उनीहरूबीच समन्वय अभाव थियो। त्यसैले ज्ञवालीको आग्रहमा समितिको संयोजक परिवर्तन गरिएको स्रोतले जनाएको छ। अनुसन्धान अधिकृतबाट त्रुटि
एसएसपी यादव नेतृत्वको समितिले मंगलबारको घ’टनामा प्र’हरीका अनुसन्धान अधिकृतको त्रुटि रहेको देखाएको छ। प्र’हरी स्रोतका अनुसार अनुसन्धान अधिकृत डीएसपी रञ्जन दाहालले नक्कली घ’ट’नास्थल देखाएर प्र’हरीलाई गलत सूचना दिई अनुसन्धानमा गम्भीर लापरवाही गरेको देखिएको छ। ‘दरबारमार्ग महानगरीय प्र’हरी वृत्तका डीएसपी रञ्जन दाहालको गम्भीर त्रुटि देखिन्छ’, समितिका एक सदस्यले भने, ‘गाडी र मान्छे तत्कालै समात्न सक्ने अवस्थालाई दाहालले बेवास्ता गरेको देखियो।
हामी थप छानबिनमा छौं ।’ डीएसपी दाहालले उम्किएको गाडीको गलत नम्बर ट्राफिक प्र’हरीलाई उपलब्ध गराएको पाइएको छ। उनले ५५१९ हुनुपर्नेमा ५५११ बताएका थिए। आफूलाई पनि गाडी भागेपछि मात्र डीएसपी दाहालले जानकारी दिएको ज्ञवालीको भनाइ छ। समिति स्रोतका अनुसार प्र’हरीलाई दिइएजस्तो घ’टना विवरण कमलादीमा रहेको सीसीटीभी फुटेजमा देखिएको छैन। अनुसन्धानबाट नयाँ घ’ट’नास्थल सुन्धारा भएको कुरा खुलेको छ ।
स्रोतका अनुसार ‘क्राइम सिन’ परिवर्तन गर्नु, ट्राफिक प्र’हरीलाई गाडी नम्बर गलत टिपाउनु, जलप लगाएको वस्तुलाई जाँच नगरी सुन भनेर पत्रकार सम्मेलन गर्नु, काठमाडौंका अन्य प्र’हरी वृत्तमा समन्वय नगर्नु प्रहरीको मुख्य लापरवाही देखिएको छ। छानबिन प्रतिवेदनको अन्तिम चरणमा पुगेको समितिका एक सदस्यले बताए ।
उक्त घ’ट’नाको तेस्रो दिन बिहीबार सुन काण्डका तीन अभियुक्त प’क्राउ परेका छन् भने गाडी पनि फेला परेको छ। देवान पटेल, निलेश सखिया र विजय पटेल नवलपरासीको दुम्कीबाट प’क्राउ परेका हुन्। उनीहरू चेकपोइन्ट कमलपोखरीबाट गाडी लिएर भागेको अनुसन्धानबाट खुलेको छ। सुन्धारामा पुग्दा झोला फ्याँकेर ललितपुर नखिपोटमा गाडी छोडी नागढुंगा पुगेका थिए।
काठमाडौंमा बिरामी ल्याएर बुटवल फर्किंदै गरेको ट्याक्सीलाई मनकामना जाने भनी चढेर भैरहवा पुर्याएको अनुसन्धानबाट खुलेको छ। त्यसपछि प्र’हरीले दिएको हुलियाका आधारमा नवलपरासीको दुम्कीबाट ट्याक्सीसहित प’क्राउ परेको प्र’हरीले जानकारी दिएको छ ।
नखिपोटमा भेटिएको गाडी भने बारा घर भएका इलसाम हुसेनको नाममा रहेको पाइएको छ। प’क्राउ परेका व्यक्ति र घटनामा प्रयोग गरिएको गाडीबारे विस्तृत छानबिन भइरहेको महानगरीय प्र’हरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले बताए।
‘घटनाको विस्तृत छानबिन भइरहेको छ’, डीआईजी पोखरेलले भने, ‘घटनामा प्रयोग भएको गाडी र संलग्न नियन्त्रणमा लिइसकेका छौं। अनुसन्धान भइरहेको छ ।’ घ’टनामा लापरवाही गर्ने प्र’हरी कर्मचारीलाई विभागीय कारबाही गरिने उनले बताए ।
दरबारमार्गका डीएसपी दाहाल बिहीबार प्र’हरी प्रतिष्ठानमा तानिएका छन्। सुन का’ण्डमा लापरवाही गरेका र छानबिनलाई प्रभावित गर्न सक्ने भनेर उनलाई प्रतिष्ठानमा तानिएको महानगरीय प्र’हरी कार्यालय रानीपोखरीले जनाएको छ।
दाहालको ठाउँमा प्रतिष्ठानका डीएसपी रामेश्वर पौडेललाई ल्याइएको छ । सुवास गोतामे र उपेन्द्र अर्यालले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।