निरन्तर बढ्दै सुनको मूल्य, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १६ साउन : सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ । बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।

यस्तै चाँदीको मूल्य भने शुक्रबार एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया