यसपटक इतिहासको सबैभन्दा धोकापूर्ण चुनाव हुनेछ, यसले अमेरिका लज्जित हुनेछ : ट्रम्प

अस्मिता बेल्बासे

एजेन्सी, १६ साउन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने, यसपटकको चुनावमा मेल-इन-ब्यालेट (चिट्ठीमार्फत् भोटिङ) मार्फत मतदान गर्ने निश्चित भएको बताएका छन् ।

उनले यसपटकको चुनाव इतिहासको सबैभन्दा गलत र धोकापूर्ण चुनाव हुने बताउँदै यो अमेरिकाको लागि लज्जाको विषय बताएका छन् । ट्रम्पले यो कुरा राष्ट्रपति चुनाव हुनु ९६ दिन अघि भनेका छन् ।

अमेरिकामा राष्ट्रपति पदका लागि चुनाव नोभेम्बर ३ तारिखमा हुँदैछ । अमेरिकाको संविधान अनुसार राष्ट्रपति चुनावको मिति परिवर्तन गर्ने अधिकार राष्ट्रपतिसँग छैन ।

यसका लागि ट्रम्पले संसदको दुबै सदन हाउस अफ रेप्रिजेन्टेटिभ र सिनेटबाट बिल पास गर्नुपर्ने हुन्छ । सिनेटमा त ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ तर तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ ।

यदि ट्रम्पले सदनबाट बिल पास गरिहाले पनि उनले चुनावलाई धेरै समयका लागि रोक्न सक्दैनन् । अमेरिकाको संविधाको २० संसोधन अनुसार राष्ट्रपति चुनाव २० जनवरीसम्म कुनै पनि परिस्थितीमा गरिसक्नुपर्नेछ ।

ट्रम्पले यसअघि पनि मेल-इन ब्यालेटलाई धोकाको रुपमा हेरिसकेका छन् । उनले डेमोक्रेट्सले २०२० चुनावमा धोका दिन चाहेको बताएका थिए । २२ जूनमा उनले एउटा ट्वीट गरेका थिए । यसमा उनले अन्य देशबाट लाखौं मेल-इन ब्यालेट पठाइनेछ ।

प्रतिक्रिया