काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

admin

काभ्रे, १६ साउनः काभ्रेको बनेपा नगरपालिकामा एक जना युवामा कोरोना संक्रमण देखिएको छ । बनेपा नगरपालिका ९ घर भई ३१ बर्षीय युवामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित पुरुष साउदीबाट आउनुभएको हो । उहाँ क्वोरेन्टाईनमा बस्दै आइरहनुभएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । त्यस मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया