घृ’णा सहन नसकेर कोरोना जितेका युवकले गरे आ’त्मह’त्या

admin

जनकपुरधाम : समाज र आफ्नै घरपरिवारले पनि घृ’णा गरेपछि कोरोना भाइरसलाई जितेका धनुषाका एक युवकले आ’त्मह’त्या गरेका छन्। उनी हुन्– मिथिला विहारी नगरपालिका-२ का ३५ वर्षीय विशेश्वर यादव। शुक्रबार उनी घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झु’ण्डिएर आ’त्मह’त्या गरे।

९ दिन अगाडि उनी नगराइन नगरपालिकास्थित गंगुली आइसोलेसनबाट घर फर्केका थिए। तर, घरमा बस्न नदिएको र समाजले घृ’णा गरेपछि आ’त्मह’त्या गर्न बाध्य बनेको स्थानीय एक युवकले बताए। मृ’तक यादव भारतको राजधानी नयाँदिल्लीमा लामो समयदेखि मजदुरको रुपमा काम गर्थे। हल्दीराम भुजिया कम्पनीमा काम गर्ने उनको साथीको कोरोनाले मृ’त्यु भयो।

त्यसपछि डराएका उनी गाडी रिजर्भ गरेर घर हिँडे। महोत्तरीको भिट्ठामोड नाका आएर उनी अलपत्र परेका थिए। करिब १० दिनपछि उनी नेपाल प्रवेश गरे। असार १५ मा नेपाल प्रवेश गरेलगत्तै उनलाई प्रह’रीले गाउँ ल्याएर उच्च माध्यमिक विद्यालय पशुराम तलाउको क्वारेन्टाइनमा राखिदियो। क्वारेन्टाइनमा पिसिआर परीक्षण गर्दा असार ३० मा उनको रिपोर्ट पोजेटिभ आयो। क्वारेन्टाइनका संयोजक बलराम मण्डल भन्छन्, ‘उनको अवस्था नर्मल थियो।

कोरोनाको कुनै लक्षण देखा परेको थिएन। तर, रिपोर्ट पोजेटिभ आएलगत्तै उनलाई गंगुली आइसोलेसनमा रेफर गर्यौं।’ आइसोलेसनमा उनी १४ दिन बिताए। त्यसपछि उनलाई आइसोलेसनबाट डिस्चार्ज गरी घर पठाइयो। डिस्चार्ज भएपछि उनी खुःसीले गदगद थिए तर, घर पुगेपछि उनको खुःसी हरायो। किनकि परिवारसँग बस्न पाउने र छोरा–छोरीसँग रमाउन पाएनन्।

घर पुगेपछि उनलाई बाहिरको एउटा कोठामा बस्न भनेको उनकै भतिजा राजीव यादबले बताए। तर परिवार र समाजले घृ’णा गर्दा उनलेआ’त्मह’त्या गरेको कुरामा सत्यता नरहेको दाबी गर्छन्। मृ’तकका श्रीमती, दुई छोरा र दुई छोरी छन्। सबैभन्दा जेठी छोरी ८ वर्षकी छन्। उनी आ’त्मह’त्या गरेपछि छोरा–छोरी विचल्लीमा परेको स्थानीय राजेन्द्र यादवले बताए।

उनका अनुसार सामान्य आर्थिक अवस्था रहेको उनका छोरा–छोरीलाई पढ्न लेख्‍न र खानपानमा समेत समस्या हुनेछ। प्रशासले गरे शव व्यवस्थापन झुण्डिएको अवस्थामा उनी फेला परेपछि स्थानीयले प्र’हरीलाई खबर गर्‍यो। प्र’हरी पिपिई लगाएर उनको शव जनकपुर ल्याए। केहीबेरमै पुनः गाउँमै श’व लगियो। तर, श’व उनको परिवारलाई बुझाएन। हतारहतार पशुराम तलाउमा व्यवस्थापन गरियो।

प्रशासनले कसैलाई दा’हसं’स्कारमा सहभागी पनि हुन दिएन। कोरोना लागेर मृ’त्यु भएपछि जुन प्रक्रिया अपनाएर श’व व्यवस्थापन गर्छ। सोही प्रक्रियाअनुसार उनको श’व पशुराम तलाउमा व्यवस्थापन प्रशासनले गरेको स्थानीयले जनाएको छ।

यसअघि त्यही पशुराम तलाउमा कोरोना लागेर मृ’त्यु भएका शहिदनगर नगरपालिका ८ का श्रवण साहको शव व्यवस्थापन गरेको थियो।

प्रतिक्रिया