मोटरसाइकल ठोक्किए दुई जनाकाे मृ’त्यु

admin

काठमाडौं : सर्लाहीमा दुई मोटरसाइकल ठो’क्किँदा दुई जनाको मृ’त्यु भएको छ। शनिबार साँझ लालबन्दी नगरपालिका–१७ घिमिरे चोकमा मोटरसाइकल ठो’क्किँदा घा’इते भएका लालबन्दी नगरपालिका–५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट ईशनाथ नगरपालिका–७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै ज्या’न गएको सर्लाही प्र’हरीले जनाएको छ।

एक जना घा’इते भएका छन्। घा’इतेको उपचारका लागि धनुषा पठाइएको छ। मृ’त्यु हुनेमा दुवै मोटरसाइकलका चालक हुन्। प्रदेश २–०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठो’क्किएको हो।

प्रतिक्रिया