एसएसपी ढकालसहित २ सय भन्दा बढि प्रहरी क्वारेन्टाइनमा

admin

काठमाडौं, १८ साउन : दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई सयभन्दा बढि ट्राफिक प्रहरी क्वारेन्टाइनमा बसेका छन् ।

शुक्रबार २ जना ट्राफिक प्रहरीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित दुई सय जना महाशाखाभित्रै क्वारेन्टाइनमा बसेका हुन् । संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिए।

अहिले कारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षणको लागि नामावली टिप्ने काम भइरहेको र नामावली टिप्ने काम सकिएपछि परीक्षणको लागि स्वाब सङ्कलन गर्ने तयारी भएको छ । उनीहरुको रिपोर्ट नआएसम्म ट्राफिक मुख्यालय बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ।

प्रतिक्रिया