पार्टीलाई सही ठाँउमा ल्याउन नेता नेपाल लडाई लडिरहनु भएको छ : नेता रिजाल

अस्मिता बेल्बासे

काठमाडौं, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता राम प्रसाद रिजालले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल पदको लागि नभइ बिधि र पद्धतिको लागि लडिरहेको बताएका छन् ।

तुलसीलाल अमात्य स्मृति दिवसमा नेता नेपालले दिएको अभिव्यक्ति प्रति हामी सबै गम्भीर हुनपर्ने रिजालले पिएनपि खबरसँग बताएका हुन् ।

नेता नेपालले सचिवालयको बैठक राख्न कयौं चोटी अध्यक्ष ओलीलाई बिन्ती नै चढाउनु परेको प्रसंग निकाल्दै नेता रिजालले भने, ‘त्यस्तै नेपालले स्थायी कमिटीको बैठक राख्न निवेदन र हस्ताक्षर अभियान नै चलाउनु पर्यो । यसरी पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले दिएको सत्य तर तिथो यथार्थले नेकपा पार्टीमा विधि र पद्दति मिचिएको स्पष्ट हुन्छ ।’

प्रधानमन्त्री समेत रहेका ओलीको तानाशाही बढेको बताउँदै नेता रिजालले उनको गतिविधिले पार्टी र मुलुक लाई कमजोर बनाईरहेको उल्लेख गरे । ‘पार्टीलाई सही ठाँउमा ल्याउन वरिष्ठ नेता नेपाल लडाई लडिरहनु भएको छ, यहाँ सम्मकी ओलीले तेस्रो अध्यक्ष बनाउने प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभयो ।’ उनले भने, ‘स्वच्छ छविका शालिन व्यक्तित्व कम्युनिस्ट आन्दोलनका धरोहर नेपाली जनताकै अबको आशाका केन्द्र वरिष्ठ नेता नेपालले उठाईरहनु भएको एक व्यक्ति एक पदलाई पार्टीको स्थाई कमिटीको बैठकबाटै पारित गरेर गए मात्र अहिलेको नेकपा भित्रको गतिरोधको अन्त हुन्छ ।’

गलत प्रवृत्तिको विरुद्ध ठाडै प्रहार गर्ने क्षमताका धनी नेता नेपालको खाँचो नेकपा पार्टीमा मात्र होइन राष्ट्रमा खड्किरहेको बताउँदै नेता रिजालले त्यसैले नेकपा पार्टीले छिट्टै नेता नेपाललाई जिम्मेदारी दिने कुरामा कन्जुस गर्नहुँदैन ।

नेकपा पार्टी भित्र देखिएका रोगहरुको नेता नेपालले चिरफार गरेर पार्टीलाई बलियो बनाई नेपाली जनतासँग गरेका बाचाहरु पूरा गर्न उनले सरकारलाई पनि दबाब दिएको रिजालले उल्लेख गरे ।

प्रतिक्रिया