भिरालो जमिन आसपासका बासिन्दालाई सचेत रहन मौसमविद्को आग्रह

admin

काठमाडौं, १८ साउन : बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन आइतबार मौसमविद्ले आग्रह गरेका छन् ।

कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने र कतै कतै ठूलो पानी पनि पर्न सक्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।

यस्तै मौसम पूर्वानुमान महाशाखाकाअनुसार आइतबार र सोमबार लगातार झरीको सम्भावना कतै पनि छैन । तर मनसुन चलिरहेकाले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी भने पर्ने सम्भावना छ ।

पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको हो तर निरन्तर पानी परेर जमिन गलेकाले सानो पानी परे पनि पहिरो भने जानसक्ने मौसमविद्ले बताएका हुन् ।

प्रतिक्रिया