कार्यालयमा झगडा गर्ने डाक्टरहरुको सरुवा

admin

पाँचथर, १८ साउन : कार्यालयको समयमा झगडा गरेर सेवाग्राहीलाई रमिता देखाएको समाचार सार्वजनिक भएसँगै जिल्ला आयुर्वेद कार्यालयका डाक्टरहरुको सरुवा भएको छ ।

झगडा गर्नेमध्ये १९ वर्षदेखि कार्यालय प्रमुखका रुपमा कार्यरत डा. मुरलीप्रसाद साहलाइ खोटाङ र गएको फागुन महिनादेखि प्रमुखका जिम्मेवारी दिएर पठाइएका डा. विजय श्रेष्ठलाइ सोलुखुम्वु पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद चिकित्सकलाई उदयपुर पठाइएको मन्त्रालयले जनाएको छ । पाँचथरमा उदयपुरका आयुर्वेद चिकित्सक सञ्जिव यादवलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ ।

केही दिनअघि उनीहरुले झगडा गरिरहेको प्रमाणसहितका समाचार प्रसारणरप्रकाशन भएसँगै दुवै जना डाक्टरको १ नम्बर प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले सरुवा गरेको हो ।

पाँचथर जिल्ला आयुर्वेद कार्यालय पछिल्लो समय ‘बिरामीको उपचार गर्ने होइन, चिकित्सकले झगडा गरेर सेवाग्राहीलाई रमिता देखाउने थलो’ बनेको समाचार प्रकाशन र प्रसारण भएको थियो ।

प्रतिक्रिया