अध्यक्षद्वयबीच आज पनि भेटवार्ता

admin

काठमाडौं, १९ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार पनि छलफल भएको छ ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलमा ठोस सहमति नजुटेपछि मंगलबार फेरि भेटवार्ता हुने ओलीको निजी सचिवालयले जनाएको छ ।

लामो समयको संवादहीनतापछि आइतबारदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । साउन १३ गते ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि दाहालको अध्यक्षतामा त्यही दिन केही नेताहरुको भेला बसेको थियो ।

आन्तरिक विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अझै टुङ्गोमा पुग्न सकेको छैन । सोमबार बिहान बालुवाटारमा अध्यक्ष दाहालसँग वार्ता सकेर प्रधानमन्त्री ओली बालकोटस्थित निजी निवास पुगेका हुन् । 

ओली किन निजी निवास गएका हुन् भन्नेबारे केही खुलेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आफ्नो घर नगएको धेरै समय भएकाले सोमबार गएको बताए ।

प्रतिक्रिया