झण्डै एक लाख सुनको मूल्य, आज कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, २० साउन : सुनको मूल्या मंगलबार तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

मंगलबार तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि मूल्य महँगो हुँदै गएको हो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य भने घटबढ भएको छैन । चाँदी मंगलबार पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रतिक्रिया